१) सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरुको पेशा व्यवसायलाई सेवा र टेवा पु¥याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ । २) सहकारीले कारोवार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ । ३) सहकारी संस्था सदस्यहरुको मात्र हो, सदस्यहरुको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुदैन । ४) सहकारी साझा स्वामित्व भएको स्वायत्त र स्वतन्त्र संगठन हो । ५) सहकारी संस्थाको संचालन तथा नियन्त्रण लोकतान्त्रिक नियन्त्रण पद्दति अनुसार सदस्यहरुबाट नै हुने भएकाले संस्थाका हरेक क्रियाकलापमा सदस्यहरुको सक्रिय सहभागिता हुनु पर्दछ । सदस्यहरुले संस्थाको कारोवार र हिसाव किताब वारे नियमित रुपमा जानकारी लिनु पर्छ । ६) यो व्यवसायले धनि र गरिब विचको खाडललाई कम गर्न मद्दत गर्दछ । ७) एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको आदर्श हो । ८) वार्षिक साधारण सभा सर्वोच्च निकाय हो र सबै सदस्यहरुले सक्रिय रुपमा सहभागी भई आफ्नो विचार राख्न, छलफलमा भाग लिन, निर्णय गर्न एवम् मतदान गर्न नर्विसौं । ९) परस्परमा मिलेर समस्या समाधान गर्नु नै सहकारीको मूलमन्त्र ...
Comments