सहकारीको बुझाइ र सभ्रान्तहरुको पकड
सहकारी संगै मिलेर गर्ने हो । आत्म सहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय, ऐक्यबद्धता जस्ता आधार मूल्यहरु इमान्दारीता, खुलापन, सामाजिक उत्तरदायित्व, अरुको हेरचाह जस्ता नैतिक मूल्यहरु गरी १० वटा मूल्यहरु तथा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुद्धारा आर्थिक सहभागिता, स्वयत्तता र स्वतन्त्रता, शिक्षा, सूचना र तालिम, सहकारी–सहकारी बीच सहयोग र समूदाय प्रति चासो जस्ता ७ वटा सहकारी सिद्धान्तहरुको पालना गरी कम्तीमा २५ परिवारका सदस्य मिलेर गरिने सामूहिक व्यवसायलाई सहकारी भनिन्छ । सदस्यहरुले सदस्यहरुद्धारा सदस्यहरुका लागि व्यबस्थापन गरी आर्थिक प्रतिफलको न्यायोचित बितरण गर्ने गरी स्थापित कानुनी निकाय नै सहकारी हो । सहकारी संस्था संयुक्त सामूहिक स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरु परिपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुन् व्यक्तिहरुको स्वायत्त संगठन हो । सहकारी आफैमा बहुआयामिक विषय हो । यसका अनेक भाग र क्षेत्र छन् । प्रयोग र सञ्चालनमा पनि विविधता छन् । का...