सहकारीको बुझाइ र सभ्रान्तहरुको पकड
सहकारी संगै मिलेर गर्ने हो । आत्म सहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय, ऐक्यबद्धता जस्ता आधार मूल्यहरु इमान्दारीता, खुलापन, सामाजिक उत्तरदायित्व, अरुको हेरचाह जस्ता नैतिक मूल्यहरु गरी १० वटा मूल्यहरु तथा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुद्धारा आर्थिक सहभागिता, स्वयत्तता र स्वतन्त्रता, शिक्षा, सूचना र तालिम, सहकारी–सहकारी बीच सहयोग र समूदाय प्रति चासो जस्ता ७ वटा सहकारी सिद्धान्तहरुको पालना गरी कम्तीमा २५ परिवारका सदस्य मिलेर गरिने सामूहिक व्यवसायलाई सहकारी भनिन्छ । सदस्यहरुले सदस्यहरुद्धारा सदस्यहरुका लागि व्यबस्थापन गरी आर्थिक प्रतिफलको न्यायोचित बितरण गर्ने गरी स्थापित कानुनी निकाय नै सहकारी हो । सहकारी संस्था संयुक्त सामूहिक स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरु परिपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुन् व्यक्तिहरुको स्वायत्त संगठन हो ।
सहकारी आफैमा बहुआयामिक विषय हो । यसका अनेक भाग र क्षेत्र छन् । प्रयोग र सञ्चालनमा पनि विविधता छन् । काममा विविधतता छ । कुनैले कृषिको उत्पादन गर्छन् । कुनैले कृषि उत्पादनको प्रशोधन र बजारीकरणको कार्य गर्दछन् । कुनै सुपारी उत्पादन, चिया उत्पादन, उखु उत्पादन, कफि उत्पादन, जुनार उत्पादन, जडिबुटि उत्पादन, तरकारी उत्पादन, फलफूल उत्पादन आदि र यिनीहरुको प्रशोधन र बजारीकरणमा संलग्न छन् र हुनुपर्दछ । तर सबैको एउटै उद्देश्य आफ्ना सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने हो । सबैको मार्गदर्शन अन्तराष्ट्रिय सहकारी मूल्य मान्यता र सिद्धान्त नै हुन् । सहकारी सेवामूलक व्यावसाय भए पनि सञ्चालन मुनाफा भने आवश्यक पर्दछ किनकी सहकारी सामाजिक संस्थाले जस्तो विना आर्थिक योगदान सदस्यलाई सेवा दिन सक्दैन । यो एकल व्यावसय होइन । यसले समुदायमा मानिसलाई ग्राहक र उपभोक्ता मात्र बनाउने काम गर्दैन । कम्पनी व्यावसायले जस्तो सीमित व्यक्तिमा नाफा वितरण गर्न मिल्दैन । यसले समुदायका सबै सदस्यहरुलाई लगानीका आधारमा नाफा वितरण गर्ने हुनाले कम्पनी भन्दा धेरै भन्दा धेरै सदस्यले नाफा पाउने हुनाले धनी र गरीबवीचको खाडल कम हँुदै जान्छ । धनी झन् धनी बन्ने र गरीब झन् गरीब बन्ने पुजीवादी संस्कार र मान्यताको अन्त गर्न सहकारीले सहयोग गर्दछ । यसमा कारोवार गर्ने सबै सदस्य आफै मालिक आफै उपभोक्ता हुने हुनाले सबैको आर्थिक योगदान हुने, निर्णय प्रक्रियामा सबैको संलग्नता अनिवार्य हुने, कारोबार पारदर्शी बनाउने भएकाले नाफा घाटामा शेयर रकम बराबर दायित्व, जिम्मेवारी भएपनि अधिकार भने सबैको बराबर हुन्छ ।
सहकारीमा सदस्यहरुले अपनत्वको अनुभूति गर्दछन् । सहकारीले समुहमा कार्य गर्दछ । सदस्यले समूहमा योदान गर्दछन् भने सहकारीले सदस्यलाई व्यावसाय पहिचान गर्न सहयोग गर्नुपर्दछ, ज्ञान सीप प्रदान गर्ने, तालीम सिपमूलक शिक्षा प्रदान गर्ने, प्रविधिको पहुँच पु¥याउने तथा सदस्यहरुको व्यावसायिक उत्पादनको बजारीकरण गर्ने काम गरी सदस्यलाई व्यावसायिक उद्यशील बनाउँदै आर्थिक र सामाजिक रुपमा आत्मनिर्भर बनाउने काममा सहयोग गर्दछ । सहकारी व्यावसायमा सदस्यहरुको अनुगमन, निगरानी अनिवार्य मानिन्छ त्यसैले सहकारीलाई स्वायत्त, स्वतन्त्र र स्वनियमित व्यावसाय मानिन्छ ।
सहकारीको रुपलाई भन्दा सारलाई सहकारीको सैद्धान्तिक र दार्शनिक पक्षलाई त्यति महत्व दिइएको पाइदैन । सहकारीलाई पसल बनाएर सदस्यहरुलाई ग्राहक बनाइ आफू पूँजिपति बन्ने कथित सफल सहकारीकर्मीहरुलाई सम्मान गर्ने र उनीहरुले गरेको कामलाई सहकारी भन्ने भ्रम व्याप्त छ । सहकारीको रुपलाई व्याख्या गर्ने मानिस त धेरै होलान् सहकारी मार्फत पूँजिपति भएका मानिस पनि धेरै होलान् सहकारीबारे गफ गरेर नथाक्ने मानिस पनि धेरै होलान् र छन् पनि तर सहकारीको सारतत्वलाई बुझ्ने र अवलम्बन गर्ने मानिसहरुको संख्या कमी छ । अति राजनीतिकरणले गर्दा साझा संस्था असफल भएको, दुइचार जना टाठाबाठाको कमाइ खाने भाँडो भन्ने अर्थमा जनताले तत्कालीन समयमा सहकारीलाई बुझेको सन्दर्भमा सहकारी सिद्धान्तको पुनर्जागरण गराउन २०४८ सालमा सहकारीकर्मीहरुलाई फलामको चिउरा सरह थियो भन्ने अग्रज सहकारीकर्मीबाट सुन्न पाइन्छ । सहकारीको दार्शनिक पक्ष र यसको प्रयोग पक्षमा १८ औ शताब्दीमा पूँजीपति वर्गको उत्पीडनबाट गाँस, बास र कपास विहीन हुन पुगेका मजदुर र श्रमिकहरुले बाँच्ने वैकल्पिक उपायको रुपमा प्रतिपादित सहकारी सिद्धान्त २१ औ शताब्दीमा आएर पुनः पूँजीपति वर्गकै पकडमा जान थालेको, सहकारीको व्यानरमुनि बैकिङ गतिवधि भइरहेका, राजनीतिक दलको भातृ संगठनको रुपमा सहकारीलाई विकास गर्न खोजिएको, निम्न बर्गीय सदस्यहरुलाई कुल्ली वा रैतीको व्यवहार गरिएको वर्तमान सहकारीको तीतो यथार्थ भएको विषयमा समिक्षा गर्ने बेला भएको छ भने सहकारीको आडमा पलाएका नव सामन्तहरुविरुद्ध स्वाभिमानी सहकारीकर्मीहरुले आवाज उठाउने बेला भएको छ । बच्चा नरोएसम्म दुध नपाए जस्तै राज्यबाट स्वाभिमानी सहकारीकर्मीहरुको आवाज नसुनी पहुचवाला तिनै सहकारीबाट नवसामन्तमा परिणत भएका कथित सफल र विज्ञ सहकारीकर्मीहरुको सल्लाह सुझाव र दवावमा सहकारी अभियानलाई चलाउने अवस्था रहेसम्म सहकारीले अपेक्षित लक्ष्य हासिल गरेको मान्न सकिन्न यसको लागि वास्तविक सहकारीकर्मीहरु एकजुट भइ आवाज उठाउनु पर्ने अवस्था छ । एउटा सहकारीबाट कर्जा प्राप्त गर्न सदस्यले जग्गा धितो राख्नुपर्ने व्यवस्था रहेसम्म सहकारीका लक्षित वर्ग मजदूर, गरिब, श्रमिक, सुकुम्वासीले कसरी सहकारीबाट सेवा प्राप्त गर्ने होला ? सहकारी ऐन अन्तर्गत स्थापित १० लाख भन्दा कम कर्जा लगानी गर्न रुची नदेखाउने संस्थालाई कसरी सहकारी भन्ने होला । संस्था नजिक वस्तीमा गरिवी र भोकमरीको व्यापकता छ तर त्यहाका वासिन्दालाई सहकारी कुन चरीको नाम के हो थाहा छैन भने त्यो सहकारी संस्था को दायित्वभित्र यो विषय पर्ने कि नपर्ने । यदि गरिबहरुलाई सहकारीवाट सेवा प्राप्त हुदैन भने सहकारी ऐनको अर्थ नै के भो र ?
सहकारीका सबै सदस्यहरुले म र मेरो भावनाबाट माथि उठी हामी र हाम्रो भावनाले ओतप्रोत भई सहकारी मार्फत गाउँ, समाज र राष्ट्रको समृद्धिमा समाहित हुने वातावरण निर्माण गर्न आवश्यक छ । अझै पनि मेरो सहकारी, मैले दुःखले सफल बनाएको सहकारीमा म नै सञ्चालक हुनुपर्छ अरु सदस्य त सञ्चालक हुनै पाउदैनन, सदस्य हुन मेरो पाटीको विचारसंग मेल खाने हुनुपर्छ, बचत गर्न सदस्य हुन पर्दैन जसले गरेपनि हुन्छ, कर्जा लैजान धेरै व्याज दिने र वलियो धितो राख्न सक्ने जोसुकै भएपनि हुन्छ तर साधारणसभामा भाग लिन चाही पाइदैन यदि सदस्यता लिइ साधारणसभामा भाग लिन इच्छा जाहेर गरिहाल्यो भने निस्क्रिय सदस्य, भाका नघाएको सदस्य आदि बहानामा सदस्यता निकाष्काशन गर्ने अभ्यासलाई सहकारी कसरी भन्ने ? फेरि प्रचलित कानुन र सिद्धान्त अनुरुप संस्थाका सबै अंग र सदस्यहरुले आ−आफ्नो जिम्मेवारी दायित्व र अधिकारप्रति वफादार रही काम गर्ने हो भने सहकारी सफल हुन्छ । सञ्चालक इमान्दार र मिहनेती, कर्मचारी व्यवस्थापन सक्षम तथा सदस्यहरुमा जागरुकता र सचेतता आउने हो भने सहकारी अभ्यासमा बल पुग्दछ र सहकारी मर्म अनुसार संस्थाले सफलता प्राप्त गर्न कुनै आइतवार कुर्नु पर्दैन र राज्यले ध्यान नदिएर गैर सहकारी गतिविधि बढे भनेर गुनासो पनि कम गरे पुग्छ ।“ढुङ्गाको काप फोरेर पीपल उम्रे” जस्तै विकासको जननी आवश्यकता भएकाले मानव अस्तित्व रक्षार्थको लडाइको विन्दुबाट अर्थात विश्वमा सन् १८४४मा वेलायतमा वेरोजगारी,महंगी र शोषणबाट मुक्ति प्राप्त गर्न रोचडेल सहकारीका प्रवर्तकहरुले उपभोक्ता सहकारी स्थापना भएको हो र नेपालमा वि.सं. २०१३ मा प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने सिद्धान्तको रुपमा सहकारी प्रारम्भ भएकोे पाइन्छ । तत्कालीन समयमा सेयर पुँजीमा सीमित ब्याज, कारोवार गरेको आधारमा लाभांश, एक व्यक्ति एक मत, प्रजातान्त्रिक नियन्त्रण, नाफाको आधारमा मात्र खर्च, नियमित बैठक, लेखापालन र लेखापरीक्षण, सम्प्रदायिक र राजनीतिक तटस्थता जस्ता मान्यताबाट रोचडेली सहकारी सञ्चालित हुनुपर्दछ भनेर नियम बनाइएको थियो । हाल अन्तराष्ट्रिय मान्यत प्राप्त १० वटा मूल्य र ७ वटा सिद्धान्त अनुसार संस्था सञ्चालित हुनुपर्दछ ।
सहकारी व्यक्तिले भन्दा विधिले चल्नुपर्ने संस्थागत व्यवसाय हो । व्यक्तिले मनोमानी गर्दा, सञ्चालकले निजी विचार लादेर सहकारी सञ्चालन गर्दा जोखिम त बढेर जान्छ त्यो भन्दा महत्वपूर्ण सहकारीको भावना पराजित हुन्छ । सदस्यहरुले वनाएको विनियमको पालन गरी संस्था सञ्चालन गरिदिने मात्रै हो भने पनि पुग्छ । सहकारी भनेको उद्यमशील मानिसहरुको संगठित समाज हो । सदस्य भएपछि उद्यम गर्नै पर्छ, सामूहिक उत्पादन प्रणालीमा आवद्ध हुनै पर्दछ । सहकारीमा साहूमहाजनको प्रवेश निषेध गरिनुपर्दछ । अल्छी बसेर खानेहरुलाई सदस्य बनाउनु हुदैन । पैसा लगानी गर्ने अनि वोनसको च्याखे थापेर साधारणसभा पर्खी वस्नेलाई सदस्य बनाउनु हुदैन ।सदस्यहरु सहकारीका केन्द्रविन्दु हुन् । संस्थाको पूजी भनेको सदस्यहरु नै हुन् । सदस्यसंग भएको ज्ञान सीप पूजी श्रमलाई एकिकृत गरी सहकारी व्यवसाय चल्दछ । सदस्यको हित गर्नु सहकारीको एक मात्र उद्देश्य हो । सदस्यहरुवीच प्रयाप्त छलफल गरेर सहकारी नीति निर्माण तथा योजना तर्जुमा गरी सदस्यकै सहभागितामा कार्यान्वयन गर्नुपर्दछ । यसरी सहकारी व्यवस्थापन गरियो भने सदस्यहरुवीच पारस्परिक सहयोग र अपनत्वको भावना विस्तार भइ सहकारीको मर्म हासिल हुन्छ भन्ने सैद्धान्तिक वुझाइको प्रचार प्रसार गर्नु जरुरी छ । बहुजन जनताको साथी सहकारी भएकाले सहकारीले घरघरमा गएर बचत संकलन गर्ने, आवश्यकताअनुरुप कर्जा प्रवाह गरी सदस्यहरुको गुणात्म विकासका लागि निरन्तर प्रयास गर्नुपर्दछ । नेपालमा पछिल्लो समयमा बलियो कानुनको अभावमा सहकारी आन्दोलन गरिबी निवारण गर्ने साधन नभइ नव पुजीवादीहरुको पुनर्उदय हुने साधन बन्दै गइरहेको देख्न र अनुभव गर्न पाइन्छ । मजबुत कानुनी व्यवस्था गरी प्रभावकारी नियमन गरी सहकारीको गुणात्मक विकास गर्ने वातावरण निर्माण गर्न राज्यले वेवास्ता गरिरहेको छ पछि यसबाट राज्यले महंगो मूल्य चुक्ता गर्नुपर्ने देखिन्छ । अत पहुचवाला कथित सहकारीकर्मीहरुका सुझाव भन्दा नेपालको सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक माटो सुहाउदो ती २५ प्रतिशत गरिबहरुलाई केन्द्रविन्दुमा राखेर सहकारी कानुनी वातावरण निर्माण गरिनु पर्दछ ।
अस्वस्थ प्रतिस्पर्धा रोकी एक व्यक्ति एक सहकारीको नीतिलाई कार्यान्वयन गर्दै अथक प्रयास, असिम धैर्यता,आपसी मित्रता कायम गरी र इमान्दारीपूर्वक अगाडि बढ्दै गएमा सहकारी अभियान सफल हुनेछ । पछिल्लो समयमा दोहोरो सदस्यताको समस्या सबै सहकारीहरुको साझा समस्या भएकाले सहकारीलाई सफल बनाउन यो समस्याको निरुपण गर्दै एक व्यक्ति एक सहकारीको नीति कार्यान्वयन गर्न ढिलाइ गर्नुहुदैन । अझै पनि मल विउ खाद्यन्न विक्रि गर्ने साझाको रुपमा सहकारीलाई बुझ्दा र साझामा भएको भष्ट्राचारले सहकारी असफल भएको इतिहासले पुरानो पुस्ताका जनतामा सहकारी प्रति वितिष्णा कायमै छ । सहकारीको विधिअनुसार चलेका सदस्यहरु र संस्थाहरुले समृद्धिका लागि कहिल्यै प्रतिष्ठाको लडाई लड्नु हुदैन । पदमा रहनुभन्दा सहकारीको मर्मलाई आत्मसात गर्नु र गहिराईसम्म बुझ्न सक्नु एउटा असल सहकारीकर्मीको आचरण, कर्तव्य र दायित्व हो
पूँजी र राजनीतिक शक्तिका आडमा आफू र आफ्नाहरुको स्वार्थ परिपूर्ति गर्ने साधनको रुपमा सहकारीको प्रयोग हुन थाल्नु, हजारौ सदस्यको बहानामा प्रतिनिधिमूलक साधारणसभा गर्नु, बैकिङ्ग र कम्पनि शैलीमा सहकारी चन्न थाल्नु, नवपूँजीपतिहरुको नियन्त्रणमा सहकारी जान थाल्नु, सहकारी संस्था गैर सरकारी संस्था जस्तो देखिनु, सीमित टाठाबाठा संचालकहरुको मोजमोस्ती गर्ने साधन बन्नु, अवसरवादी तथा शुदखोर व्यक्ति नै सहकारी आन्दोलनको अग्रपंक्तिमा देखिनु, श्रमजीवी वर्गको पहुँच भन्दा सहकारी धेरै टाढा हुनु, गरिबहरुको सहकारीको सदस्य बन्ने इच्छा कल्पनाभन्दा बाहिर जान थाल्नु आदि जस्ता विषयले सहकारी भावनाको उपहास भएको दखिन्छ । र यस्ता विषयमा गहिरो चिन्तन मनन गर्दै सामूहिकताको बलले विकासको गारेटो निर्माणमा जुट्न अठोटका साथ पौरखी हात भएका डाँडाघरे जेठाहरु,बेंसीघरे माइलाहरु र गैरीगाँउका कान्छाहरुलाई सहकारी अभियानमा गोलबद्ध हुन, जुरमुराउन,सहकारी सन्देशका कर्मयोगी गीतहरु गाउँदै विकासले नछोएका क्षेत्र, वर्ग र समुदायमा सहकारी मार्फत विकास मूल फुटाउन ढिलो नगरी एकजुट हुन आवश्यक छ ।
सहकारीको मर्म, अवधारणा, सिद्धान्त र सारतत्वलाई कहिकतै सहकारीमा संलग्न सहकारीकर्मीले अवमूल्वयन गर्नु हुदैन । राज्यले तीन खम्बे आर्थिक नीति अवलम्बन गरे पनि सो अनुसारको कानुन नभएकाले प्रभावकारी कानुन निर्माण गरी असल सहकारी संस्कृतिको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा चिन्तन मनन गर्नु सान्दर्भिक पनि छ । सहकारी पद्धतिले देशको आर्थिक सामाजिक स्वरुपमा गरीवको पूंजी माथिको स्वामित्वलाई प्रोत्साहन गर्दछ । देशको अर्थतन्त्र जनताको पनि अर्थतन्त्र हो मान्यतालाई व्यवहारमा उतार्छ । नेपालमा सहकारी अभियानको गतिशिलतासंगै गरिवी न्यूनीकरणमा केही मद्दत पुगेको महसुस गर्न थालिएको छ । उपेक्षित, विपन्न, शोषित, पीडित, निमुखाको अवस्थामा रहेका बहुसंख्यक मानिसहरुलाई त्यस अवस्थाबाट मुक्त गराउन अनेकन प्रयास र संघर्षहरु पनि भए ,सहकारीका नाममा गरिबी निवारण गर्न हिंडेकाहरु गरिवी निवारणको नाममा गरीवलाई गरिवीमा नै सीमित पार्न विभिन्न बहाना गरिरहेको उदाहरण पनि हामी माझ छन् । श्रम र पूजीको संयोजन विना लक्षित वर्गका आवश्यकता र सम्भावनालाई बेवास्ता गर्दा गरिवी न्यूनीकरणमा अर्थपूर्ण योगदान रहनुपर्ने सहकारी अभियानको लोकप्रियता दिन प्रतिदिन बढ्दै गए पनि यसको प्रतिफल गरिबहरुमा पु—याउन नीतिगत,संरचनागत,कानुनी र कार्यक्रमगत थप व्यवस्था गर्नुपर्ने देखिन्छ । गरिवी निवारणमा नलागेकालाई थप कर लगाइ सहकारी मर्म अनुरुप कार्य गरिरहेकाहरुलाई करमुक्त सहित थप सुविधाको व्यवस्था गर्ने हो भने सहकारी मार्फत सकारात्मक सामाजिक परिवर्तन तीब्र गतिमा हुने निश्चित छ ।
विचार वा दर्शनको निर्माण आर्थिक आधारमा हुन्छ भन्ने मान्यता अनुसार सामाजिक र आर्थिक रुपले असन्तुलित अवस्थामा रहेका मानिसहरुको सशक्तीकरण र चेतना ज्ञानले संगठित र कर्मशील भै सम्मृद्ध समाज विकासको अभियानका लागि सहकारी अवधारणाको विकास भएकाले सोही अनुसार अवधारणा कार्यान्वयन हुनपर्दछ । सहकारी पद्धतिले देशको आर्थिक सामाजिक स्वरुपमा “सबैका लागि एक र एकका लागि सबै” को आदर्श कार्यान्वयन गरी गरीवी निवारणमा योगदान गर्ने भएकाले पनि सहकारी मार्फत समाज रुपान्तरणमा योगदान गर्नेछ । आजको युग सूचना र पारदर्शिताको युग भएकाले सहकारी अभियानमा सूचनाको आवश्यकता परिपूर्ति गर्न सरकारले लगानी गर्नुपर्दछ । जय सहकारी होइन जय सभ्रान्त भन्ने हो की ? जय सहकारी ।
लेखक :नेत्रप्रसाद घिमिरे डि.स.का. झापाका सहकारी अधिकृत हुनुहन्छ ।
npghimire33@yahoo.com

Comments